दफा
परिवर्त्य विदेशी मुद्रामा लगानी गर्न सक्ने

(१) गैर आवासीय नेपालीले वा गैर आवासीय नेपालीको पचास प्रतिशतभन्दा बढी शेयर लगानी भएको कुनै विदेशी कम्पनीले प्रचलित कानून बमोजिम विदेशी लगानीको लागि खुला गरिएको उद्योग वा व्यवसाय वा नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी गैर आवासीय नेपालीको लागि लगानी गर्न खुला गरेको अन्य कुनै उद्योग वा व्यवसायमा विदेशमा विदेशी मुद्रामा आर्जन गरेको रकम नेपालमा परिवत्र्य विदेशी मुद्रामा लगानी गर्न सक्नेछ ।

(२) उपदफा (१) बमोजिमको गैर आवासीय नेपाली वा कम्पनीले नेपालमा लगानी गर्ने रकम प्रचलित कानून बमोजिम नेपाल राष्ट्र बैङ्कबाट वित्तीय कारोवार गर्न इजाजतपत्रप्राप्त कुनै वाणिज्य बैङ्क वा वित्तिय संस्था मार्फत प्राप्त गर्नु पर्नेछ ।

(३) उपदफा (२) बमोजिम प्राप्त गरेको रकमको कानून बमोजिम स्रोत खुलाउनु पर्ने अवस्थामा सोको स्रोत खुलाउनु पर्नेछ ।